६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सोनाम ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय


प्रकाशित: मंगलवार, १८ माघ २०७८, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । 


सरकारका गृहमन्त्रालयले बुधवार (माघ १९) पर्ने सो पर्वको उपलक्ष्यमा बिदा दिएको हो । 


मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो।


जारी सुचनामा भनिएको छ, ‘बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि  यो सूचना प्रकाशित गरिएको छ ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex