२५ बैशाख २०८१, मंगलबार
Header

सैनिक मञ्चमा पत्रकारलाई प्रवेश रोक 


प्रकाशित: सोमवार, ७ फागुन २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा समाचार संकलनका लागि गएका पत्रकारलाई सैनिक मञ्च टुँडिखेलमा रोक लगाएको छ । 


सोमवार विहान पत्रकारहरुलाई सुचना विभागको नभई विशेष पास चाहिने भन्दै रोक लगाएपछि पत्रकारहरुले क्यामेरा सडकमै राखेर विरोध जनाएका छन । 


यसअघि सूचना विभागको पास देखाएर प्रवेश गर्दै आएका पत्रकारहरूलाई यसपालि विशेष पास देखाउन भन्दै सैनिकहरूले गेटमै रोकेका हुन । 


अहिले सैनिक मञ्च टुँडिखेलमा ७४ औं प्रजातन्त्र दिवस समारोह भइरहेको छ ।

 
सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरू र उच्च पदस्थ अधिकारी उपस्थित छन । 


प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD