काठमाडौं । सरकारले सैनिक सेवा नियमावली संसोधन गरी सेनलाई थप सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ ।
कार्यक्षेत्रमा खटिएका सैनिकको मृत्यु भएमा सैनिकको परिवारलाई ७ बर्षसम्म पूरा पारिश्रमिक उपलव्ध गराउने व्यवस्था गरेको उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोख्रेलले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
सरकारले गत असार २० गते मन्त्रिपरिषद् बैठकले सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरको हो । सो नियामावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गर्ने व्यवस्था पनि गरेको छ ।
सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा ऐन संशोधनबारे रक्षामन्त्री पोख्रेलले जानकारी दिएका थिए ।
त्यसैगरी सैनिक जंगी कार्वाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ ।
कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा उसको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था पनि संशोधित सैनिक सेवा नियमावलीमा गरिएको छ ।
त्यसैगरी सरकारले वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।
Categorized in राष्ट्रिय