८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सेवाग्राहीसँग १५ हजार घुस माग्ने प्रहरी निरिक्षकविरुद्ध मुद्दा दायर


प्रकाशित: सोमबार, ३ मंसिर २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौँ । सेवाग्राहीसँग १५ हजार घुस माग्ने प्रहरी निरिक्षक सुभोशन श्रेष्ठविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दयार गरेको छ । 


आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै प्रहरी निरीक्षक श्रेष्ठले रु १५ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

 
आयोगले जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दियो । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika