काठमाडौँ । सेवाग्राहीसँग १५ हजार घुस माग्ने प्रहरी निरिक्षक सुभोशन श्रेष्ठविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दयार गरेको छ ।
आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै प्रहरी निरीक्षक श्रेष्ठले रु १५ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगले जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दियो ।
Categorized in बजार