६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सेवाग्राहीलाई लाईनमा बसाएर सास्ती गरे कार्वाही हुनेः प्रधानमन्त्री 


प्रकाशित: मंगलवार, १९ पुस २०७९, १७ः०० बजे 
- महानगरखवर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सेवाग्राहीलाई अबको एकमहिना भित्र लाईन लगाएर सास्ती गरे कार्वाही हुने बताएका छन ।


प्रम दाहालले मंगलवार मन्त्रालयका सचिवहरुको बैठक बोलाएर राज्यको सुविधा लिन सेवाग्राहीहरुले पाएको सास्तीप्रति ध्यानाकर्षण गर्दै सो कार्यहरु बन्द गर्न निर्देन दिएको हो । 


अब सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउने प्रम दाहालले चेतावानी दिएका छन ।

 

मासिक कर बुझाउन जाँदा पनि अनेक झन्झट र लामो लाइन बस्नुपर्ने अवस्थाले हाम्रो सेवा प्रवाहको स्तर कस्तो रहेछ भन्ने अवस्था देखाउने दाहालको भनाई थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex