काठमाडौं । मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर मंगलबार हुम्लाको हिल्सामा मंगलबार एक भारतीय नागरिको मृत्यु भएको छ ।
भारतीय नागरिक भारत महाराष्ट्रका ४२ बर्षिय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको नागरिक उड्यान कार्यलय हुम्लालले सञ्चारमाध्यमहरुलाई जानकारी दिएको हो ।
मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट सोही हेलिकप्टरमा हिल्सा गएका मेहताले हेलिकप्टरबाट ओर्लेपछि सेल्फी खिच्ने क्रममा सो दुर्घटना भएको हो । मेहताको शब प्रहरीले सिमिकोट लगिएको जनाएको छ ।
हेलिकप्टरको पनि पछाडिको भाग पूर्ण रूपमा क्षति भएको छ ।
Categorized in समाज