७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

सेयर कारोबारका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य 


प्रकाशित: शुक्रवार, १६ साउन २०८२, २०ः५६बजे
- महानगरखबर

काठमाडौं ।  अबदेखि सेयर बजारमा कारोबार गर्न नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र (National Identity Card) अनिवार्य हुने भएको छ । 


नेपाल धितोपत्र बोर्ड (क्भ्द्यइल्) को निर्देशनअनुसार नेपाल स्टक एक्स्चेन्ज (SEBON) ले सबै ब्रोकर कम्पनीलाई नयाँ ग्राहक पहिचान प्रक्रिया (KYC)मा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न आग्रह गरेको हो । 


नेप्सेले कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूलाई सर्कुलर जारी गर्दै नयाँ कारोबार खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा लिने व्यवस्था मिलाउन भनेको छ ।


हालसम्म KYC विवरण नागरिकताको प्रतिलिपि र नागरिकता नम्बरको आधारमा भरिँदै आएको थियो। तर अबदेखि राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा फारम भर्नुपर्नेछ ।


त्यस्तै, पहिले नै खाता खोली कारोबार व्यवस्थापन प्रणाली (TMS) मार्फत सेयर कारोबार गरिरहेका ग्राहकले पनि आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर अपडेट गर्नुपर्नेछ।


नेप्सेले ग्राहकलाई सेवा निरन्तरता दिन, प्रणालीमा विश्वसनीयता ल्याउन र ग्राहकको वास्तविकता पुष्टि गर्न यस किसिमको प्रक्रिया सुरु गरिएको जनाएको छ ।


यता, बैंक तथा वित्तीय संस्थाहरूले पनि हालै नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेका छन्, जसअनुरूप धितोपत्र बजारमा पनि सोही अभ्यास सुरु गरिएको हो।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika