काठमाडौं । सेतोमच्छिन्द्रनाथको रथ तान्ने रानीपोखरीस्थित निर्माण गरिएको कंक्रिटको संरचना पूर्ण रुपमा हटाएको छ ।
सो कंक्रिटको संचरचना पूर्ण हटाएको सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठले बताएका छन ।
सो क्षेत्रमा काठमाण्डौ उपत्यका बिकास प्राधिकरणले निर्माण गरेको सो संरचनामा ठुलो आधुनिक बत्ति राख्ने प्रयोजनको लागि निर्माण गरिएको अभियान्ता श्रेष्ठले जानकारी दिए ।
प्राधिकराणले सो मार्गमा रथ तान्न सडक बारे जानकारी नभएको समेत बताएको अभियान्ता श्रेष्ठले बताएका छन ।
उक्त कंक्रिटको संरचना बनाउन अघि काठमाडौं महानगरपालिका, स्थानीय वडा तथा सरोकारवालासँग कुनै निकायसंग प्राधिकरणले समन्वय गरेको थिएन ।
केही दिन अघि सो स्थानमा देखिएको सो संरचनाको स्थानीय, अभियान्ता, सरोकारवाला निकायहरुले चर्को विरोध गरेपछि बुधवार काठमाडौं महानगरपालिका २८ वडा अध्यक्ष भाईराम खड्गी, मच्छिन्द्रका पूजारी तथा कामपा २५ का पूर्व वडा अध्यक्ष निलकाजी शाक्य लगायतको रोहबरमा कंक्रिट संरचनाको माथिल्लो भाग काटेको थियो ।
Categorized in सम्पदा/संस्कृति