काठमाडौं । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि भूमि पुजन र ताम्रपत्र अनावरण गरिएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आईतवार विहान सोको अनावरण गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले विवाद नभएका सम्पदा संरक्षणका कुनै पनि नरोकिएको बताए ।
महानगरले सम्पदा बचाउने दिशामा कतै पनि कमजोरी हुन नदिने प्रमुख शाक्यले भर्ना राखे ।
२०७२ सालको भूकम्पले जीर्ण भएका र क्षति भएका २८ वटा सम्पदा निर्माण र पुननिर्माणका लागि भारत सरकारकातर्फबाट आर्थिक सहयोग गराउने छ । त्यस क्रमको यो पहिलो काम हो ।
समारोहमा राजदूत क्वात्राले काठमाडौंको चिनारीसँग जोडिएको मन्दिरको प्रवलीकरणमा सहभागी हुने पाएकोमा हामीलाई गर्व लागेको छ । निर्धारित समयमा यसको काम सकिने मैले विश्वाश लिएको बताए ।
सो अवसरमा पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवालीले प्रवलीकरणका क्रममा चर्र्किएको पर्खाल, जग, कलात्मक पाता, झ्याल, तोरण, टुँडाल, छानालाई पुनःप्रयोगमा बताए । यस कार्यमा पूर्वजले सम्पदा पुननिर्माण गर्दा अपनाएको सीप प्रयोग गरिने पनि उनको भनाई थियो ।
मन्दिर प्रवलीकरणका लागि ७ करोड ९७ लाख २७७ रुपैयाँ ३८ पैसा भ्याटबाहेक लागत अनुमान गरिएको थियो । यसका लागि गरिएको खरिद प्रक्रियामा प्राकृतिक सनसुवाल पवन जेभीले ६ करोड २६ लाख ६४५ रुपैयाँ ४५ पैसामा निर्माण कवोल गरेर प्रतिस्पर्धाबाट छनौट भएको छ ।
पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार निर्माण पक्षसँग माघ २८ गते सम्झौता गरिसकिएको छ । मन्दिर आउँदो २ बर्षभित्र प्रवलीकरण सम्पन्न हुनेछ ।
सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका साझा देवताका रुपमा पूजा गरिन्छ । यस कोणबाट मच्छिन्द्रनाथलाई आस्था, धार्मिक सहिष्णुता र सद्भावका देवता मानिन्छ । पानीका देवताका रुपमा मानिने यी देवतालाई आर्यअवलोकितेश्वरका रुपमा पूजा गरिन्छ ।
यो मन्दिरसहित नेपालका ७ वटा जिल्लामा भारत सरकारको सहयोगमा २८ वटा सम्पदा पुननिर्माण हुनेछन् । काठमाडौं उपत्यकाका १२ खवटा सम्पदा पुननिर्माण र प्रवलीकरणका लागि इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चर हेरिटेज (आइएनटीएसीएच) ले परियोजना व्यवस्थापन परामर्श उपलब्ध गराउनेछ ।
Categorized in सम्पदा/संस्कृति