काठमाडौं । सहकालको देवताको रुपमा पुजिनेकरुणामय देउता जनबाहाद्यो (सेतो मच्छिन्द्रनाथ) को बुधवार प्राणप्रतिष्ठा र बज्रयानविधिअनुसार दशकर्म पूजा गरिएको छ ।
सेतो मच्छिन्द्रनाथको महास्नानपछि बज्रयान विधिअनुसार जनबहालका बौद्धविद्वान अष्टरत्न बज्राचार्यबाट दशकर्म पूजा गरिएको हो ।
नेवारी समाजमा गरिने प्रचलन अनुसार सेतो मच्छिन्द्रनाथलाई दशकर्म विधि (जन्मदेखि मृत्युसम्म तथा महिला र पुरुषमा गरिने सबै पूजाविधि) गरिएको हो ।
सेतो मच्छिन्द्रनाथलाई केटा र केटीका रुपमा पूजिने गरिन्छ । यसअघि सेतो मच्छिन्द्रनाथको महास्नानपछि माघ ७ गते गरी प्राणप्रतिष्ठासँगै दशकर्म विधिको पूजा गरिएको हो ।
सर्वसाधारणलाई सेतो मच्छिन्द्रनाथको दर्शन दिइएको बेला परम्पराअनुसार नेवारी पँय्ता बाजाको धुन बजाइएको थियो । सेतो मच्छिन्द्रनाथको दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति थियो ।
दशकर्म विधिपछि सेतो मच्छिन्द्रनाथलाई आफ्नो आसनमा विराजमान गराइएको थियो ।

Categorized in सम्पदा/संस्कृति