१४ बैशाख २०८१, शुक्रबार
Header

सेतो मच्छिन्द्रको रथ धमाधम निर्माण हुँदै (फोटो फिचर)


प्रकाशित: बुधवार, १ बैशाख २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुन थालेको छ ।


जमल तीनधारा पाठशाला छेउ सडकमा ३२ हात लामो रथ निर्माणको कार्य गत चैत्र ३१ गते मंगलवारबाट सुरु भएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । 


बैशाख ७ गते मंगलवारबार जमलबाट मच्छिन्द्रको रथ तानिने कार्यक्रम छ । समितिले जात्रामा सहभागी हुनेहरुलाई मास्क अनिवार्य गरेको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार जात्रा व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

 


जात्रा व्यवस्थापन लगायत विषयमा विहिवार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छिन्द्रनाथका पूजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल कार्यक्रम रहेको समितिका अध्यक्ष्ँ नीलकाजी शाक्यले बताए । 

 

 


यो रथयात्रा शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।


गत बर्ष कोरोनाको कारण रथयात्रा रोकिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD