७ भाद्र २०८३, आइतबार
Header

सेञ्चुरी, हिमालय र जनता बैंकद्वारा ठुलो संख्यामा कर्मचारी माग


प्रकाशित: बुधवार, १८ असार २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सेञ्जुरी कर्मिसियल बैंक, हिमालय र जनता बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । 


सेञ्चुरी कमर्सियल बैंकले १७९ जना कर्मचारी माग गरेको छ भने जनता बैंक नेपालले २०० जना कर्मचारी र हिमालयन बैंकले पनि ८६ जना कर्मचारी माग गरेको छ ।


जनता बैंकले जुनियर असिस्टेन्ट पदका लागि १५० जना माग गरेको यसको लागि स्नातक भए पुग्छ । त्यसैगरी म्यानेजमेन्ट ट्रेनीका लागि ५० जना कर्मचारी माग छ यसका लागि स्तानकोत्तर गरेको हुनु पर्ने बैंकले जनाएको छ । 


त्यसैगरी सेञ्चुरी बैंकले ट्रेनी असिस्टेन्टमा १२५ जना करम्चारी माग गरेको जसको लागि काठमाडौं उपत्यकाभित्र भए प्लसटु लेभल ब्यवस्थापनमा ५५ प्रतिशत अंक ल्याएर उत्तिर्ण भएको हुनु पर्छ भने राजधानी बाहिरकालाई ४५ प्रतिशत अंक ल्याए पुग्छ । 


बैंकले सुचना प्रविधि विभागका लागि आईटीमा स्नातक गरेको ५ जना जुनियर असिस्टेन्ट समेत माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनि भनेर ३० जना माग गरेको छ । यसका लागि स्नातकोत्तर अनिवार्य हुनु पर्ने छ ।


त्यसैगरी हिमालयन बैंकले पनि स्नातकोत्तर गरेको ४२ जना सुपरभाइज माग गरेको छ साथै कानुनतिर पनि एक जना सुपरभाइजर नियुक्त गर्ने जनाएको छ ।


बैंकले स्नातक पुरा गरेका ४३ जना जुनियर असिस्टेन्टको लागि पद खुला गरेको जनाएको छ । 
 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex