१६ चैत्र २०८०, शुक्रबार
Header

सेञ्चुरी बैंकले बैशाख १२ मा डाक्यो साधारणसभा, ४.५ प्रतिशत लाभांश बाड्ने


प्रकाशित: विहिवार, २१ चैत्र २०७५, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आगामी वैशाख १२ गते ८ औं वार्षिक साधारणसभा बोलाएको छ । 


बैंकले साधारणसभामा ४.५ प्रतिशत नगद लाभांस र दुई प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाने भएको छ ।


बैंकले चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँको ४.५ प्रतिशतबाट हुन आउने १६ करोड ५० लाख रुपैयाँ नगद लाभांसको प्रस्ताव गरेको छ । 


बैंकले दुई प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी ८ अर्ब ४१ करोड रुपैयाँ पुर्याउने भएको छ । 


वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले चैत्र २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत्र २८ गतेसम्म कायम शेयरधनीले लाभांस पाउने छन साथै सञ्चालक समितिको निर्वाचनमा भाग लिन सक्ने छन ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD