काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रामेछाप इञ्चार्ज ३८ वर्षीय यादव ढुङ्गेललाई प्रहरीले भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको छ ।
रामेछाप चौरी देउराली घर भई काभ्रे बस्दै आएका ढुङ्गेललाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ढुङ्गेललाई भक्तपुर जिल्ला अदालतमा मुद्दा चलाई थप अनुसन्धान शुरु गरिएको छ ।
Categorized in समाज