९ भाद्र २०८३, मंगलबार
Header

सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन’ – गृहमन्त्री लेखक


प्रकाशित: मंगलवार, ६ जेठ २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुचनको हक भन्ने वित्तिकै जे सूचना माग्यो त्यही सूचना दिनुपर्ने भन्ने बाध्य नभएको बताएका छन् ।


मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्रिया कार्यक्रममा उनले भने, ‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन’, उनले भने, ‘कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ती सूचना दिन जरुरी हुँदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन् ।’


मन्त्री लेखकले वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धहरूसँग जोडिएका लगायतका विषयहरु पनि पारदर्शिताका नाममा, सुशासनका नाममा दिने हो भने मुलुकलाई थितिमा बसाउन नसकिने बताए ।


‘सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु । गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी हुँदैन । सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनू ।’ उनले भने ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex