काठमाडौं । सुर्खेतको कुटवा जंगलमा २३ वटा मृत गाई भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको हो ।
मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएको प्रहरीले जनाएको छ ।
सो घट्नाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन भन्ने खुलेको छैन ।
Categorized in समाज