काठमाडौं । अरुण तेश्रो जलबिद्युत आयोजनामाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको पुरिएर मृत्यु भएको छ ।
संखुसवा जिल्लास्थित मकालु गाउँपालिकाको फ्याक्सिन्दामा शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएको प्रहरीले जनाएको छ ।
ढिस्कोमा पुरिएर २ नेपाली कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार र २ भारतीय भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनता उद्धारको लागि खटेका छन् ।
Categorized in समाज