१५ बैशाख २०८१, शनिबार
Header

सुरज आर्केटममा महानगरको डोजर चल्यो


प्रकाशित: आईतवार, २६ भाद्र २०७९, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले आईतवार सुरज आर्केडमा डोजर चलाएको छ । 


महानरले १० दिन भित्र नक्सा अनुसार आर्केडको काम गर्न दिएको अल्मिेटम पुरा नगरको भन्दै डोजर चलाएको महानगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले बताए । 


उनले आर्केडको बाटोमा भएको सुरज आर्केडको पेटीमात्र भत्काएको जानकरी दिए । केही हप्ताअघि सुरज आर्केडलाई महानगरको टोलीले बेसमेन्ट खाली गर्न भनेको थियो । 


यता सुरज आर्केडका म्यानेर रन्जित झाले आफूले नक्साअनुसार काम गरिरहेको तर महानरले पुर्व जानकारी नदिई डोजर चलाएको बताए । मूल सडकबाट आर्केडको बेसमेन्टमा आउने  फराकिलो र्भयाङ नक्सामा छैन ।


सुरज आर्केड रहेको २४ नम्बरका वडाध्यक्ष विनोदकुमार राजभण्डारी यो ठाउँको सवारी व्यवस्थापन गर्न सुरज आर्केडको बेसमेन्टमा पार्किङ खोल्न पहल गर्नुपर्ने बताएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD