काठमाडौँ । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल र दरवारमार्ग जिल्ला सुरक्षा समितिले निर्णय नगर्दा २४ घण्टा खुलाउने निणर्य कर्यान्वयन ढिला भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडाँैका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार जिल्ला सुरक्षा समितिले निर्णय गर्न नसक्दा पर्यटकीय क्षेत्र ठमेल र दरवारमार्ग २४ घण्टा खुल्नमा समस्या आएको हो ।
यस अघि सहायक प्रजिअ घिमिरेको संयोजकत्वमा २४ घण्टा व्यवसाय खुला गराउने सम्बन्धमा अध्ययन समिति गठन गरिएकोे थियो । सो समतिले साउन १५ गतेदेखि ती क्षेत्रमा २४ सै घण्टा व्यवसाय गर्न पाउने गरी खुला गर्न सिफारिस गरेको थियो ।
समतिले जयनेपाल चोकबाट केशरमहल चोकसम्म, केशरमहल चोकबाट लैनचौर मोड, लेनचौर मोडबाट ठमेलस्थित मनाङ होटल चोक, मनाङ होटल चोकबाट सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकबाट जेपी घुम्ती, ज्याठा चोकबाट जमल चोक, जयनेपाल चोकदेखि कृष्ण पाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्म २४ घण्टा व्यवसाय खुला गर्ने सिफारिस भएको छ ।
बढी भन्दा बढि पर्यटक भित्र्याउने उदेश्यले २४ घण्टा सेवा दिन सो योजना समतिले ल्याएको हो ।
रात्रिकालीन मनोरञ्जन सेवा जस्तै क्लब, डिस्कोथेक, डान्सबार होटल तथा गेष्ट हाउस, मेडिकल सेवा, यातायात सेवा, बैकिङ सेवा, रेष्टुरेन्ट, बार, क्याफेजस्ता व्यवसाय खुलाउनुपर्ने रहेको छ ।
चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्ने गेष्टहाउस, रेष्टुरेन्ट, दोहरी, डान्सबारले निश्चित शर्त पुरा गरेर मात्र खोल्न पाउनेछन् ।
होटलको रिसेप्सनमा अनिवार्य रुपमा सिसी क्यामेरा राख्नुपर्ने, नेपाली ग्राहकलाई अनिवार्य रुपमा नागरिकता वा सवारी साधन अनुमतिपत्रको प्रतिलिपि राखी नाम, ठेगाना, फोन नम्बरसहितको आधिकारिक विवरण अद्यावधिक गर्ने, विदेशी ग्राहकका हकमा अनिवार्य राहदानीको प्रतिलिपि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
Categorized in समाज