काठमाडौं । डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूतमा नियुक्ति गरेलगत्तै औपचारिक घोषणा गरिएको हो ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले तुलाधरलाई नर्वेमा गैरआवासीय राजदूतका रूपमा पठाउने निर्णय गरेको थियो । नयाँ जिम्मेवारीसँगै उनले नर्वेसँगको कूटनीतिक समन्वय तथा द्विपक्षीय सम्बन्ध सुदृढ गर्न नेतृत्व गर्नेछिन ।
Categorized in समाज