१६ चैत्र २०८०, शुक्रबार
Header

सुप्रिम फेशनमा बेलायतको एनपिएसका सामानहरु पाईने, १० प्रतिशत छुटको अफर


प्रकाशित: शनिबार, २९ बैशाख २०७५, २०ः५८ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । फेसनको दुनियाँमा चर्चित बेलायतको लोकप्रिय ब्राण्ड एनपिएसका उत्पादन जुत्ता, बेल्ट, ब्याग जस्ता ब्राण्डेड सामानहरु सजिलै किन्न पाईने भएको छ ।


काठमाडौं जमलस्थित विश्व ज्योति मलमा रहेको सुप्रिम फेशनमा एनपिएसका सामानहरु आकर्षक जुत्ता, युल ब्रान्डकाजुत्ता र चप्पल, सिपाहीँ एन्ड कम्पनी काइको लक्जरी लेदर बेल्ट, ओवन वेरी ब्रान्डका लेडिज ब्याग, स्टार चाइल्ड ब्रान्डका बच्चाका जुत्ताचप्पलहरु शनिबारबाट विक्री सुरु भएको छ ।

 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक कार्यक्रमबिच उद्घाटन गरिएको शोरुम बेलायतमै उत्पादन भएको सामान बिक्री गर्ने यो पहिलो शोरुम भएको हो ।

 
एनपिएसका उत्पादन विश्वका चर्चित सेलिब्रेटीले लगाउँदै आएका छन । सन् १८८१ देखि बेलायमा उत्पादन सुरु गरी ख्यातीकमाएको एनपीएसका सामान लोकप्रिय रहेको छ ।


सुप्रिम फेसन इन्टरनेसनलकी सञ्चालक अनुराधा श्रेष्ठले ती सामान बेलायतबाट सिधै आयात गरेर बिक्री गरिने जानकारी दिँदै उद्घाटनको अवसरमा एक सातासम्म विभिन्न सामानमा १० प्रतिशत छुट दिने बताईन् ।


शोरुममा बच्चाको जुत्ता तीन हजार रुपैयाँदेखि सुरु हुनेछ । जेन्ट्स जुत्ताको मूल्य १० हजार रुपैयाँदेखि २९ हजार रुपैयाँसम्म, जेन्ट्स ब्याग १२ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म, जेन्ट्स बेल्टको मूल्य १२ हजार रुपैयाँदेखि १७ हजार रुपैयाँसम्मा किन्न पाईन्छ ।

 

 

 

लेडिज जुत्ता १० हजार रुपैयाँबाट सुरु हुने र २५ हजार रुपैयाँसम्मको पाइने कम्पनीले जनायो । कम्पनीका अनुसार लेडिज ब्याग १२ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मको पाइन्छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD