१६ बैशाख २०८१, आइतबार
Header

सुपर लिग एनएसएलको फाइनल पुगे ललितपुर 


प्रकाशित: विहिवार, १२ पुस २०८०, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको फाइनलमा ललितपुर सिटी पुगेको छ । 


विहिवार भएको खेलमा पोखरा थन्डर्सलाई २–१ ले हराउँदै ललितपुर सिटीे फाइनलमा पुगेको हो । 


निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थपिएको थियो । 


खेलमा पहिलो अग्रता पनि ललितपुरले नै लिएको थियो । ४५ औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।


बिजेता ललितपुरले फाइनलमा शनिबार धनगढी एफसीसँग खेल्ने छ । धनगढी एफसी पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।

 
लिग चरणमा शीर्ष स्थानमा रहेको पोखराले फाइनल पुग्न दोस्रो असवर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।


एनएसएल विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेता टोलीले २० लाख रुपैयाँ पाउने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD