२१ बैशाख २०८१, शुक्रबार
Header

सुन व्यवासयीले संघीय सरकारसँग दवावपूर्ण रुपमा माग राख्न सक्नु पर्छः विद्यासुन्दर


प्रकाशित: मंगलवार, १४ चैत्र २०७९, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पूर्व प्रमुख तथा नेकपा एमाले केन्द्रिय सदस्य विद्यासुन्दर शाक्यले सुन व्यवसायीहरुले आफ्नो माग संघीय सरकारसँग कडा रुपमा राख्नु पर्ने बताएका छन । 


गत शनिवार काठमाडौंको टोखास्थित आयोजित काठमाडौं सुनचाँदी व्यवसायी संघको २० औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।


शाक्यले संघीय सरकारका प्रधानमन्त्री, मन्त्री लगायतका अधिकारीहरुसँग आफ्ना मागहरुलाई अलि दवावपूर्ण रुमपा राख्न सक्नु पर्नेमा जोड दिए ।


व्यवसायीहरुले लामो समयदेखि उठाउँदै आएको यस मागलाई राजनीतिक रुपमा आफूले केही गर्न सक्ने भए भन्न उनले व्यवसायीहरुलाई भनेका छन । 


शाक्यले बजारमा कालिगढहरु सबै बाहिरबाट लयाउनु पर्ने अवस्था, नयाँ पुस्ताहरु पेशा व्यवसायमा आवद्ध नहुने अवस्था भईसकेकोले व्यवसाय संकटमा पर्न खोजेकोमा चिन्ता गर्नु पर्ने पर्ने बताए ।

 


कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशकी सांसद हरिप्रभा खड्गीले व्यवसायीहरुले उठाएको मागलाई सम्बोधन गर्न सकेको सहयोग र पहल गरिदिने बताईन । 


उनले व्यवसायीहरुको मागलाई राज्यले गरेको व्यवहारप्रति आफूलाई दुःख लागेको सुनाउँदै यस किसिमको अवस्थाले भविष्यमा व्यवसायनै धरापमा पर्न सक्ने प्रति पनि चिन्ता व्यक्त गरिन ।

 


सो अवसरमा व्यवसायी महासंघका अध्यक्ष मानिक रत्न शाक्यले राज्य सरकारले आफूहरुको माग पटक्कै नसुनेको बताउँदै प्रदेश सरकारले व्यवसायी मागलाई ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।


उनले बागमति प्रदेश सबैभन्दा धनि प्रदेश भएको र यही नै सबैभन्दा बढि व्यवसायी पनि भएको राज्यलाई राजस्वको आकार बढाउन सुन व्यवसायीको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।


उनले देशभरी २५ हजारको संख्यामा व्यवसायी भएकोमा बागमति प्रदेशमा मात्रै ४ हजारको संख्यामा सुनचाँदी व्यवसायीहरु रहेको बताए ।


‘हाम्रो माननियजीलाई अनुरोध गर्न चाहन्छु, यो समृद्धिको खाँका कार्नु आम्दानीको अकार बढाउन सुनचाँदी व्यवसायीले राम्रो योगदान गर्न सक्छ, यो व्यवसायलाई नियन्त्रण हैन, प्रवद्र्धन गर्न मात्रै खाँचौ छ, यसको लागि पहल गरि दिनु अनुरोध गर्दछु ।’ अध्यक्ष शाक्यले भने ।

 


कार्यक्रमा सभापति तथा संघका अध्यक्ष सुरेश शाक्यले स्वागतमन्तव्य सँगै व्यवसायमा देखा परेको समस्याबारे बताएका थिए । 

 


उनले व्यवसायीले गर्ने सुनचाँदी खरिद विक्रीको कारोवार सुरक्षित नहुनु, व्यवसाय संचालनको लागि आवश्यक मापदण्ड तथा निर्देशिका प्रकाशन नहुनुु, व्यवसायको लागि ऐन नहुनुु, सुनचाँदी लाई देवानी संहितामा उल्लेख भए जस्तै चल सम्पतिको रुपमा लगानी गर्न, खरिद विक्री गर्ने वतावरण नहुनु लगायतका समस्याहरुबारे चर्चा गरे ।

 


नेपालमा दैनिक ३० केजी सुनको आवश्यक्ता छ तर नेपाल राष्ट्र बैंकबाट दैनिक १० केजी सुन मात्र उपलब्ध गराईरहेको अवस्था व्यवहारिक नभएको व्यवसायीहरुको गुनासो छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD