काठमाडौं । सुन तस्करीको ¥याकेट पर्दाफास भएपछि पक्राउ परेका अभिुक्तहरुको बयान जारी छ । सुन तस्करीसँग जोडिएका पाटाहरु खुल्दैछ । प्रहरी अधिकारीहरुको सेटिंगमा हुने तस्करीका सुन बजार, ग्राहक सबैको नालिबेली उतार्न सरकार यतिखेर लागेको छ ।
तस्करीका सुनको मुख्य बजार र ग्राहकको खोजीमा अनुसन्धान टोली लागिरहेको बेला व्यवासायीहरु पनि सचेत हुन थालेको मिडियामा सामाचारहरु आउन थालेको छ ।
व्यवसायीहरुको लामो समयदेखि सरकारसँग गुनासो छ कि सरकारले बजारको माग अनुसार सुन आयात नगर्दा व्यवसायीहरु अप्ठेरोमा पर्ने गरेको छ ।
सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरुले सुनको आयातमा कोटा बढाउन, खरिद–विक्रीको निर्देशका जारी गर्न, ऐन–नियम बनाउन पटक पटक माग गरेपनि सरकारको ध्यान व्यवसायीहरुतर्फ देखिएको छैन ।
सुन बजार आकार दैकिन रुपमा बढेको छ तर आयात चाँही उही पुरानै परिणाममा हुने भएकोले तस्करीको सुन बजारमा छिर्ने गरेको व्यवासायीहरुको भनाई छ ।
व्यवसायीहरु यतिखेर अनुसन्धानको चर्चासँगै विराटनगरमा व्यवसायीहरुले बैंक मार्फत सुन किन्नको संख्या बढ्न थालेको छ । त्यसैगरी काठमाडौं लगायत विभन्न शहरमा बैंक मार्फतनै कारोबार गर्न थालेको बुझिएको छ ।
जानकारहरुका अनुसार बजारको मागलाई पूर्ति गर्न तस्करीको सुनको बाध्यता भएको हो । सरकारले गहना निर्माणका लागि व्यवसायीहरूलाई बैंकमार्फत सीमित मात्रामा उपलब्ध गराउने सुनले मात्र बजारको माग धान्न सक्ने स्थिति छैन ।
नेपाल सरकारको कानुनले काँचो सुनको किनबेच गर्न निषेध गरेको छ । बैंकहरूले व्यवसायीहरूलाई पालैपालो गहना बनाउन मात्र सुन उपलब्ध गराउँने प्रावधान रहेको छ ।
नेपालभन्दा दुबईमा सुनको मूल्य प्रतितोला ५÷६ हजार कम हुने गरेकाले किलोमा हिसाब गर्दा नाफा पनि निकै हुने गरेको व्यवसायीहरू बताउँछन । एक किलो सुनमा ८६ तोला हुन्छ ।
डलरको अभाव पूर्ति गर्न, बढी नाफा कमाउन र गलत बाटोबाट कमाएको रकमले सुन किनेर राखिने हुनाले यसको तस्करी बढेको हो ।
Categorized in राष्ट्रिय