१४ भाद्र २०८३, आइतबार
Header

सुन व्यवसायीहरुद्धारा मु्ख्यमन्त्री राउतसमक्ष ज्ञापनपत्र पेस


काठमाडौं । लाहान बजारस्थित विकास ज्वेलर्समा अज्ञात समूहद्धारा गरिएको  बम विस्फोटनका बिषयमा छानविन गरी दोषिलाई कारावाहीको माग गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालवावु राउत समक्ष व्यवसायीहरुद्धारा ज्ञापनपत्र पेश गरेको छ ।
मुख्यमन्त्री राउतले सो ज्ञापनपत्र बुझेपछि छानविन समिति वनाएर दोषिमाथि कडा कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
लाहान उद्योग वाणिज्य संघका सुनिल महतो तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फवाट प्रवक्ता मनोजकुमार शाह लगायतका उद्यमी व्यवसायीको प्रतिनिधीमण्डलले आइतबार मुख्यमन्त्री राउतसँगै गृहमन्त्री गृहमन्त्री ज्ञानेन्द्र यादव तथा महान्यायाधिवक्ता दिपेन्द्र झालाई पनि भेटेका थिए ।
सो ज्ञापनपत्र बुझाउने क्रममा  नेपाल उद्योग वाणिज्य महासंघको २ नम्वर प्रदेश प्रमूख शिवशंकर (हिरा) शाह, जनकपुर अध्यक्ष ललित शाह, जनकपुरका पुर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य निर्मल चौधरी तथा पिडित ब्यवसायी विकास सारडा लगायतको उपस्थिति थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex