१४ भाद्र २०८३, आइतबार
Header

सुन व्यवसायीहरुको दुई महासंघ एकिकरण नजिक


काठमाडौँ । सुनचाँदी व्यवासायीहरुको व्यवसायको हकहित तथा अधिकारको लागि गठित संगठनहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकिकरण नजिक पुगेको छ ।
व्यवसायीहरुबाटै २ वटै महासंघ एकिकरण आवश्यक रहेको माग आएपछि सम्बोधन गर्न आएपछि सोही बमोजिम प्रक्रिया अगाडि बढाइएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ अध्यक्ष रमेश महर्जनले जानकारी दिए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष मोहनकुमार सुनार र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ रमेश महर्जन संयोजक रहने गरी  एकीकृत गर्ने सहमति भएको हो  ।
हाल सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न महासंघ बिच एकता आवश्यक रहेको एक व्यवासायीले वताएका छन् । 
व्यवसाय विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नति, राजस्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अब दुवै महासंघ एकिकृत भएर अगाडि बढ्ने उनले बताए । दुवै महासंघमा १७ हजारको हाराहारीमा व्यावसायीहरु छन् ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex