५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सुन व्यवसायीबाट १ केजी सुनसहित ११ लाख लुट्ने सशस्त्रका असई पक्राउ


प्रकाशित: आईतबार, १३ जेठ २०७५, २१ः२० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले वीरगञ्जका एक सुन व्यवसायीबाट १ केजी सुनसहित ११ लाख लुट्ने सशस्त्रका प्रहरीका असई विशाल खड्कालाई आइतबार पक्राउ गरेको छ ।

 
काठमाडौंको सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका व्यवासायीबाट असई खड्कासहितको एक समूहले ८ सय ८३.१०० ग्राम सुन र ११ लाख नगद रुपियाँ लुटेको प्रहरीले बताएको छ ।

 
लुट्ने समूहका एक व्यक्तिले व्यवसायी बस्ने होटल र उनीसँग भएको सुन र नगदको सुचना दिएपछि सो समूहले लुेटको थियो । सुचना दिने व्यक्ति भने ती व्यवसायीसँग परिचित रहेको प्रहरीले जनाएको छ ।

 
सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत असई खड्कालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex