७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुन प्रतितोला ७२ हजार ५ सय पुग्यो


प्रकाशित: आईतबार, ८ भाद्र २०७६, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । सुनको मुल्यले आईतबार नयाँ रेकर्ड बनाएको छ ।


सुनको मूल्य आज प्रतितोला ७२ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी मुल्य हो । 


यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो ।


तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ मा कारोवार भईरहेको महासंघले जनाएको छ । 


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ ।


आज चाँदी ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex