७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुन प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दै संसदमा एमालेको नारावाजी


प्रकाशित: बुधवार, २४ साउन २०८०, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै नारावाजी गरेपछि संसद बैठक स्थगित भएको छ । 


उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए । 


सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह तर यसैविच एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको हो । 


सभामुख घिमिरेले साउन २६ गते दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी गराएका छन ।


प्रधानमन्त्री पुुष्पकमल दाहालले सुन प्रकरणमा उच्चस्तरीय समति आवश्यक नभएको भन्दै बताउँदै आएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex