१२ बैशाख २०८१, बुधबार
Header

सुन पसलमा विस्फोट, ८ घाईते


काठमाडौं । सिरहाको लहान बजारस्थित विकास ज्वेलर्समा बम विस्फोटन भएकोे छ । विस्फोटनमा परि पसल सञ्चालक विकास सारडा, उनका भाई राहुल सारडासहित ८ गते जना घाईते भएको प्रहरीले जनाएका छन् ।
त्यसैगरी घाईते हुनेहरुमा स्थानीय देवकुमारी यादव, सतिस यादव, विनिता चौधरी, बबितादेवी यादव, अस्मिता चौधरी, मनिकादेवी राम घाइते भएका छन् ।
घाईतेहरु मध्ये पसल सञ्चालक विकास र उनका भाइ राहुलको लाहानकै सप्तऋषि हस्पिटलमा र अन्य ६ जनाको रामप्रसाद सारडा उमाप्रसाद मुरारका अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छन् ।
सारडाको पसलमा सुन किन्न आउने एक युवकमाथि प्रहरीले आशंका गरेको छ ।  सो युवकले ल्याएको सामान उनी गएको केही समयपछि विष्फोट भएको सिराहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले लामो समयदेखि व्यवसायीहरुको सुरक्षा माग गर्दै आईरहे पनि सरकारले उचित सुरक्षा दिन नसक्दा व्यवसायीहरु त्रसित बन्न’ परेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD