१७ बैशाख २०८१, सोमबार
Header

सुन नपाएको भन्दै चितवनमा सुन पसल बन्द


प्रकाशित: मंगलवार, ५ भाद्र २०७५, १०ः३७ बजे
- महानगरखबर

काठमाडौं । माग अनुसार सुन नपाएको भन्दै चितवनमा सुन पसल बन्द भएको छ । सुनचाँदी व्यवसायीले पसल बन्द गरेका हो ।

 
नेपाल सुनचाँदी व्यवसायी संघले आफ्नो मातहतका सम्पूर्ण पसल आज ( मंगलबार ) र भोलि बन्द गर्ने विज्ञप्ति जारी गरी जनाएको छ । 


संघका  जिल्ला अध्यक्ष जीवनज्योती सदाशंकरद्वारा जारी विज्ञप्तिमा मागअनुसार सुन नपाएको हुँदा आन्दोलन स्वरुप बन्द गरेको बताएको छ । सरकारसँग पटक–पटक आवश्यक सुन उपलब्ध गराउन आग्रह गरिए पनि सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ ।


चाडपर्वको समयमा सुनको माग बढेकाले सरकारलाई दबाब दिन सुन पसल बन्द गर्नु पर्ने बाध्यता भएके जनाएको छ ।  


जिल्लामा करीब पाँच सय सुनचाँदी पसलमा सातामा पाँच किलो सुनका गरगहनाको माग हुने गरेपनि नेपाल राष्ट्र बैंकमार्फत दुई किलो मात्र सुन आउने गरेको व्यवसायीले बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD