५ बैशाख २०८१, बुधबार
Header

सुन तोलाको ७१ हजार पुग्यो, बेच्नेको भीड


प्रकाशित: मंगलवार, २८ साउन २०७६, ११ः५० बजे 
- मंगलवार, २८ साउन २०७६, ११ः५० बजे 

काठमाडौं । सुन तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँँदी व्यवसायी संघले जनाएको छ । 


तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको हो । 


तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।


पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको महासंघले जनाएको छ । 


व्यवसायीहरुको अनुसार सुन बेच्नेको भिड लाग्ने गरेको छ । एक किलो सुन पनि अहिले बजारमा खपत नहुने अवस्था रहेको व्यवसायीको भनाई छ । 


यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन बैंकमा थुप्रिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD