काठमाडौं । सुन तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँँदी व्यवसायी संघले जनाएको छ ।
तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको हो ।
तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।
पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको महासंघले जनाएको छ ।
व्यवसायीहरुको अनुसार सुन बेच्नेको भिड लाग्ने गरेको छ । एक किलो सुन पनि अहिले बजारमा खपत नहुने अवस्था रहेको व्यवसायीको भनाई छ ।
यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन बैंकमा थुप्रिएको छ ।
Categorized in बजार