काठमाडौं । सुन विहिवार तोलामा एक हजारले घटेको छ ।
शक्रबार छापावल सुनको भाउ ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे थियो ।
पछिल्लो मंगलबार यता मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको हो । महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको प्रतितेला मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । आज चाँदीको भाउ १३०५ रुपैयाँमा झरेको छ । बिहीबार १३३५ रुपैयाँमा चाँदीको कारोवार भएको थियो ।
सुनको भाउ बढ्नुको कारण अमेरीकी नयाँ राष्ट्रपतिले पदभार सम्हालेपछि कोभिड प्रभावितकालगि घोषणा गरेको सहुलियत प्याकेज भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
Categorized in किनमेल