१४ बैशाख २०८१, शुक्रबार
Header

सुन तोलाको एक लाख १० हजार पुग्यो


प्रकाशित: आईतवार, ५ चैत्र २०७९, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । आईतवार सुनबजारले मूल्यबृद्धिमा नयाँ रेकर्ड कायम गरेको छ । 


आज सुन प्रतितोला एक लाख १० हजारमा कारोवार भईरहेको छ । शुक्रबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो । 


तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


सुन यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । 


उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD