१९ बैशाख २०८१, बुधबार
Header

सुन तस्करी फेरि सक्रिय, सुन भरियासहित ३ केजी सुन सार्वजनिक


प्रकाशित:   मंगलबार, ९ असोज २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौले मंगलबार पत्रकार सम्मेलन गरी सुन भरियासहित ३ केजी सुन सार्वजनिक गरेको छ । 


प्रहरीले सुन भरियाद्वय रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका – १ घर भएका २४ बर्षिय नरबहादुर घले र २० बर्षिय पेम्बा तामाङलाई सार्वजनिक गरेको हो । 


प्रहरीले सोमवार विशेष सुचनाका आधारमा निगरानी गर्ने क्रममा काठमाडौको टोखा रोडको साईबाबा चोकमा निलो रङको वा.७३ प. पल्सर बाईकमा सवार उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 


प्रहरीले खानतलासीको क्रममा उनीहरुबाट १२ टुक्रा सुन फेला परेको पत्रकार सम्मेलनमा जानकारी दिए । 

 

 

प्रहरीले सो बरामद सुन नेपाल सुनचाँदी व्यवासायी संघ मार्फत परिक्षण गर्दा ३ केजी (२९९९.९४ ग्राम) रहेको सो बजार मूल्य एक करोड ५० लाख २० हजार ६ सय उनान्सय रहेको बताएको छ । 


पक्राउ परेकाहरु घर निर्माणको ठेक्कापट्टा काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई १ केजी सुन पास गराउँदा ५० हजार पाउने गरेको खुल्न आएको प्रहरीले वतएको छ । 


उनीहरुले २ महिना यता २ पल्ट गरी ३ केजी सुन ल्याईसकेको प्रहरीलाई बताएको छ । 


भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) अनुसार एक करोड रुपियाँ भन्दा बढि ५ करोड रुपियाँसम्मको विगोमा १ बर्षदेखि ३ बर्षसम्म कैद हुने व्यवस्था रहेकोले कानुनी कार्वाहीको लागि राजस्व अनुसन्धान पठाईने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD