२४ बैशाख २०८१, सोमबार
Header

सुन चोर्ने गज्जब आईडिया, सक्कली पेटभित्र नक्कली पसलमा !


प्रकाशित: शनिबार, १२ साउन २०७५, ११ः२६ बजे
- महानगरखबर

काठमाडौं । पुर्वाञ्चलमा इटहरीका एक युवाले सुन चोर्ने गज्जब आईडिया निकालेका रहेछन् । 


इटहरी उपमहानगरपालिका–२ बस्ने बर्ष ३१ का सुरज कुमार नेपाल सुन पसलमा गएर सक्कली सुन निलेर नक्कली सुनको सिक्री पसललेलाई भिराएर ठगी गर्न खोजेका थिए तर उनी असफल भए । 


विराटनगर महानगरपालिका–९ स्थित अरुण कुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्न गएका नेपालले पसलेसँग सुनको सिक्री मागेर गलामा लगाए । अनि ऐना अगाडि उभिएर केहीबेर आफूलाई हेरे । त्यसपछि उनले सुनको सिक्री गलाबाट निकालेर मन परेको भन्दै फिर्ता गरे ।


तर सुन पसलेलाई शंका लागगेपछि सिक्री आफ्नो नभएको दावीसहित राठीले प्रहरीलाई खबर गरे । प्रहरी पसलमा आएर नेपाललाई नियन्त्रणमा लियो । उनको शरिर खानतलासी ग‍¥यो तर, सिक्री भेटेन । 


नेपाले सुन निलेको आशंका प्रहरीले गरयो । विराटनगरको विराट अस्पतालमा लगेर भिडियो एक्सरे गरेपछि पेटभित्र सुनको सिक्री देखियो । यो देखेर सबै छक्क । 


उनले पसलेको सक्कली सुनको सिक्री निलेर आफूसँग भएको नक्कली सुनको सिक्री फिर्ता गरेका रहेछन ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD