काठमाडौं । बर्षको अन्तिम शुक्रवार सुनको मूल्यमा एकैचोटी २ हजार ४ सय रुपियाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपियाँमा कारोवार भएको छ ।
यस अघिको सबै रेकर्ड ब्रेक गरेको हो । उक्त दिन सुन १ लाख ३६ हजार ८ सयमा कारोवार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामै ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० मा कारोवार भईरहेको महासंघले जनाएको छ ।
Categorized in बजार