७ मङ्सिर २०८२, आइतबार
Header

सुन आइतवार एकैदिन २९ सयले बढ्यो


प्रकाशित: आइतवार, ७ मंसिर २०८२, १२ः५०बजे
- महानगरखबर

काठमाडौं । सुनको मूल्य आइतबार एकैदिन तोलामा २ हजार ९ सय रुपैयाँले उकालो लागेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दर अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ तोकिएको छ ।


अघिल्लो दिन यो मूल्य २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै स्थानीय बजारमा माग बढेकाले सुनको मूल्य पुनः उक्लिएको व्यापारीहरूले बताएका छन । 


यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च स्तर प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । 


यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


अघिल्लो दिन चाँदीको मूल्य ३ हजार १ सय रुपैयाँ थियो । 


चाँदी पनि असोज ३१ मै हालसम्मकै उच्च ३ हजार ३ सय ५० रुपैयाँ पुगेको रेकर्ड छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex