२७ बैशाख २०८१, बिहिबार
Header

सुन्धारमा कोरिए काठमाडौंका सम्पदा चित्रहरु, अरु कहाँ के चित्र कोरिदै ?


प्रकाशित: आइतवार, २ बैशाख २०८१, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारको टेलिकमको भित्तामा काठमाडौंको सांस्कृतिक सम्पदाका चित्रहरु कोरेका छन । 


अहिले भित्तामा सांस्कृत सम्पदाहरु कालभैरव, धरहारा, कुमारी, नेवाः सांस्कृतिका अन्य चित्रहरु कोरिने क्रममा रहेको महानगरपालिकाले जनाएको छ । 


ललित कला प्रज्ञा प्रतिष्ठानसँग गत बर्षको फागुन १७ गते भएको सम्झौता अनुसार ललितकलाको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखनको थालिएको हो ।


काठमाडौँ महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम उदेश्यकले काम अघि बढाएको महानगरपालिकाले जानकारी दिए ।


चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिने हुँदा रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तरराष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिने छन । 


त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र कोरिनेछन ।

 
यी चित्रहरुले काठमाडौँलाई चिनाउने र काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गरेको महानगरको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD