२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सुन्दरीजल खोलामा बेपत्ता भएका युवकको उद्धार


प्रकाशित: शनिवार, २८ साउन २०७९, १९ः०० बजे
- महानगरखबर

कठमाडौं । सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका युवकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 


शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका  २७ वर्षीय सन्देश कार्कीलाई जीवितै उद्धार गरिएको हो ।

 
बेपत्ता युवकलाई खोज्न प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो । 


सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारेका थिए ।  


घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex