काठमाडौं । शनिबार दिउँसो करिब ५ बजे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निकुञ्जभित्रको बागमती नदीमा पौडी खेल्ने क्रममा वेपत्ता युवको शव फेला परेको छ ।
प्रहरीका अनुसार मृत फेला परेका युवक संखुवासभा खाँदबारी नगरपालिका–११ घर भई हाल ललितपुर बस्ने २० वर्षीय अभिषेक राई हुन ।
उनको शव आज (आइतबार) बिहान बागमती नदीको बोक्सी दह नजिकै ढुंगाको कापमा राईको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग सुन्दरीजल, नेपाली सेनाको विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी बलको टोलीले शनिबार राति अबेरसम्म खोजी गरे पनि उनी फेला परेका थिएनन ।
Categorized in समाज