काठमाडौं । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संगठनको संस्थापन पक्ष र संस्थापनइतर पक्षले सुन्दरीजलस्थित वीपी कोइराला संग्रहालयभित्र अलग–अलग प्रशिक्षण कार्यक्रम कार्यक्रमको आयोजना गरेको छ ।
दुवै गुटले अलग–अलग मञ्च निर्माण गरेर प्रशिक्षणको तयारीमा लागेको छ । संस्थापन पक्षले टिनको छानो मुनि र संस्थापनइतर पक्षले खुला चौरमा मञ्च निर्माण गरेको छ ।
कार्यक्रम एकै समय र स्थानमा आयोजना गरिएपछि विद्यार्थीहरु रमिते बनेको छ भने यता संभावित झडपलाई ध्यानमा राखेर प्रहरीले स’रक्षा सर्तकता बढाएको छ । करिब तीन ट्रक प्रहरीहरु कार्यक्रमस्थलमा परिचालन गरिएको छ ।
Categorized in राष्ट्रिय