१४ बैशाख २०८१, शुक्रबार
Header

सुनिता महर्जनलाई करातेमा स्वर्ण


काठमाडौं । करातेका सुनिता महर्जनले मंगलावर स्वर्ण पदक जितेकी छिन ।


१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा महर्जनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन ।


नेपाल पुलिस क्लबमा आवद्ध रहेकी सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा भाग लिएकी थिईन । 


२७ वर्षीया सुनिताको काठमाडौंको मनमैजु माइती घर हो भने आफ्नो घर सीतापाइलामा हो । 


सुनिता सात वर्षअघि ९ महिने तालिम पूरा गरेर नेपाल प्रहरीमा प्रवेश गरेकी हुन । सुनिताले स्वर्ण जितेपछि आफ्नो बुवालाई अँगालोमा बाँधेकी थिइन । 


नेपालले अहिलेसम्म २१ स्वर्ण हात परेका छन भने बंगलादेशले ५, भारतले ४, पाकिस्तान ३, श्रीलंका ३, भुटान र माल्दिभ्सले शून्य रहेका छन ।

 
यस अघि सन १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । नेपालले १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो ।
मंगलवार, १७ मंसिर २०७६, १९ः०० बजे

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD