१२ भाद्र २०८३, शुक्रबार
Header

सुनामी समवेदनमा त्रुटी गर्ने कर्मचारीलाई कार्वाही गरिने


प्रकाशित: शुक्रवार, १३ पुष २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । इण्डोनेसिया सुनामीमा समवेदना सम्बन्धी जारी गरेको प्रेस विज्ञप्तीमा गल्ती गर्ने कर्मचारीलाई परराष्ट्र मन्त्रालयले कार्वाही गर्ने जनाएको छ । 


विहिवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने जानकारी दिए ।


सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा त्रुटि भएको नभएको तर मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको देखिन आएको थियो । 


सो त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex