काठमाडौं । ठेकेदारले सडक कालोपत्र नगरी अलपत्र परेको भन्दै बुधवारदेखि सुनाकोठी सडक स्थानीयले अनिश्चितकालिन बन्द गराएका छन ।
स्थानीवासीहरु स्वर्तफूर्त रुपमा सडकमा निस्केर विहानैदेखि सडक अवरुद्ध गरिएको देखिएको छ ।
स्थानीय अशोक महर्जनका अनुसार लामो समयदेखि सडक त्यतिकै राखी धुलो र धुँवाले स्थानीयवासी अजित भएपछि आन्दोलनमा उत्रेका हुन ।
ठेकेदार र जनप्रतिधिनीहरु एकले अर्कालाई दोष लगाएर पन्छिन थालेपछि स्थानीयसँग आन्दोलनको विकल्प नभएको स्थानीय महर्जनको भनाई छ ।
वि.स. २०५६ सालदेखि यस सडक खण्ड कहिले पनि पूर्ण रुपमा कालोपत्र हुन सेकेको छैन ।
सुनकोठीदेखि चापाँगाउ, ठेचो सडक खण्ड जम्मा ५ किलोमिटर सडक कालोपत्र हुन नसकिरहेका बेला स्थानीयहरु सरकारलाई दवाव दिन आन्दोलनमा गएको हो ।
ललितपुर महानगरपाकिलाको २६ र २७ वडा र गोदावरी नगरपालिाको १०, ११ र १२ वडा अन्तर्गत यो सडक पर्ने महर्जनले महानगरखवरलाई जानकारी दिए ।
यस अघि काठमाडौंको बौद्धजोरपाटी सडकमा पनि स्थानीयवासी सडक आन्दोलनमा निस्केपछि सडक कालोपत्र समयमै गर्ने सहमिति भएको थियो ।

Categorized in समाज