काठमाडौं । सुनसरीको दुहबीमा आज विहान अज्ञात समुहले ईटा उद्योगमा कार्यरत एक मजदुरको गोली हानी हत्या गरिएको छ ।
दुहबी–९ सोनापुरस्थित सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभइजर मोहम्मद फिदा हुसेनको बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
सुनसरीका एसपी राजन अधिकारीका अनुसार मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र न्यूरो अस्पताल विराटनगरमा उपचारका मृत्यु भएको हो ।
५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने बारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
विहानै मर्निङमा निस्केको उनीमाथि गोली प्रहारी भएको प्रहरीको भनाई छ ।
Categorized in समाज