४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुनसरीको सदरमुकाम इनरुवामा आगलागी


प्रकाशित: बुधवार, २८ कात्तिक २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवामा विद्युत चुहिएर आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । 


सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएपनि मानवविय क्षति भएन । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।


घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका आगलागी भएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका । 


नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । 


आगलागीबाट दुलालको काठको दुईतले घर जलेर नष्ट भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex