८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सुनमा हालसम्मकै उच्च बृद्धि, प्रतितोला १ लाख १ हजार ९ सय रुपैया पुग्यो


प्रकाशित: आईतवार, २२ फागुन २०७८, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । आईतवार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । 


प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार कोभिड–१९ महामारी सुरु भएयता पुगेको उच्च मूल्यकै पुनः नजिक छ । यस अघि कोभिड महामारीले अन्तर्राष्ट्रिय बजार प्रभावित भएका बेला सुन बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । 


यसअघि गत शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य बिहीबारका तुलनामा ९ सय रुपैयाँ बढेर कायम भएको थियो । 


चाँदी प्रतितोला ३५ रुपैयाँ बढ्दा चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ भएको छ । गत शुक्रबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika