२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुनमा हालसम्मकै उच्च बृद्धि, प्रतितोला १ लाख १ हजार ९ सय रुपैया पुग्यो


प्रकाशित: आईतवार, २२ फागुन २०७८, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । आईतवार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । 


प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार कोभिड–१९ महामारी सुरु भएयता पुगेको उच्च मूल्यकै पुनः नजिक छ । यस अघि कोभिड महामारीले अन्तर्राष्ट्रिय बजार प्रभावित भएका बेला सुन बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । 


यसअघि गत शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य बिहीबारका तुलनामा ९ सय रुपैयाँ बढेर कायम भएको थियो । 


चाँदी प्रतितोला ३५ रुपैयाँ बढ्दा चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ भएको छ । गत शुक्रबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex