१७ बैशाख २०८१, सोमबार
Header

सुनपसल लुटपाट गर्ने पेस्तोलसहित पक्राउ


प्रकाशित: शनिबार, १६ भाद्र २०७५, १०ः४३ बजे
- महानगरखबर

काठमाडौं । सुनपसल लुटपाट गरी भाग्ने खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 


मोरङको सुन्दुर हरैचा नगरपालिका – १० विराटचोकबाट रोशन भन्ने गोपाल दहाल (विक) लाई पक्राउ गरेको हो । विकले विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुटी भाग्ने क्रममा पक्राउ परेकाे हो । 


भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय दहाल (विक) ले पसलबाट ९.७७ ग्रामको सुनको ब्रासलेट लुटेका थिए । 


बेलबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले स्वचालित पेस्तोल, दुई राउण्ड गोली, सुनको ब्रासलेटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD