२० बैशाख २०८१, बिहिबार
Header

सुनपसलबाटै भेटियो एक करोड मुल्य बराबरको अबैध सुनचाँदी 


प्रकाशित: बुधबार, २० भाद्र २०७५, ११ः१९ बजे
- महानगरखबर

काठमाडौं । चितवनको एक सुनचाँदी पसलबाट अबैध रुपमा राखिएको सुन र चाँदी भेटिएको प्रहरीले जनाएको छ । 


नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट प्रहरीले दुई किलो ७६ ग्राम सुन र चार किलो ६ सय १७ ग्राम चाँदी बरामद गरेको हो । प्रहरीले पसलेलाई नियन्त्रणमा लिएको छ । 


प्रहरीले मंगलबार पसलबाट सुनचाँदीसँगै १२ लाख नगद पनि नियन्त्रणम लिएको छ । 


प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत महाराष्ट्रको साङ्ली जिल्ला आटपढे घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिल छन । 


प्रदेश–३ प्रहरी कार्यालय हेटौंडाको अनुसन्धान समूहले दिएको विशेष सूचनाका आधारमा सो बराबद गएिको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले संचारमाध्यमलाई बताए ।

 
बरामद भएको सुन र चाँदीको बजार मुल्य एक करोड पर्ने प्रहरीको भनाइ छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD